Agni Offset Press

धनगढी टू काठमाडौं नाइट बस हाँक्ने रेविका

Aarati simant

अत्तरिया : ४४ वर्षीया रेविका थापा धनगढीदेखि काठमाडौं आउने नाइट बस चलाउँछिन्। सम्भवतः नेपालमा नाइट बस हाँक्ने उनी एक्ली महिला हुन्।

२०६० सालमा टेम्पो चलाउन सुरू गरेकी उनी तीन महिनादेखि नाइट बस चलाइरहेकी छन्। यो बीचमा उनले माइक्रो, मिनी बस, ठूला बस सबै चलाइसकेकी छन्। नाइट बस चलाउँदा सुरूका केही दिन गाह्रो भए पनि अहिले उनलाई सहज लाग्न थालेको छ। काठमाडौं बबरमहलमा बस्दै आएकी रेविका अनाथ बालबालिकालाई हेरचाह गर्ने एउटा संस्था पनि चलाउँछिन्।

आत्मविश्वास भए महिलाहरू जुनसुकै कामका लागि सक्षम भएको उल्लेख गर्दै उनले क्षमता हुँदा पनि महिलामाथि झट्ट विश्वास नगर्ने प्रवृत्ति भने सुधार गर्नुपर्ने बताइन्। अन्य क्षेत्रको तुलनामा ड्राङ्भिङ क्षेत्र महिलाहरूका लागि केही कठिन हुने उनको बुझाइ छ। चालकहरूले गर्ने व्यवहार र प्रयोग गर्ने भाषाका कारण महिला चालकलाई असहज मात्रै होइन, सिंगो ड्राइभिङ पेशा नै मर्यादित हुन नसकेको उनी बताउँछिन्।

ड्राइभिङ क्षेत्रमा महिलाहरू कम भएकाले पनि आफूलाई असहज भएको हो कि भन्ने उनी ठान्छिन्। त्यसैले जतिसक्दो धेरै महिलाहरूलाई यो क्षेत्रमा लाग्न प्रेरित गर्ने उनको चाहना छ। आफूले हार खाएर हात उठाए अन्य दिदीबहिनीलाई नै असर गर्ला भन्ने उनलाई लाग्छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.