अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

अछाम : अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीवार बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए। दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.