डडेल्धुरा : डडेल्धुराका एक वडा सदस्यमाथि सामूहिक कुटपिट भएको छ । जिल्लाको आलिताल गाउँपालिका–८ का वडा सदस्य छबिलाल बोहरामाथि गएराति करिब ८ बजेतिर तीन जनाको समूहले कुटपिट गरेको बताइएको छ ।
आलिताल–४ को जालटुडा सडकमा मोटरसाइकल बनाउनका लागि रोकिएका बेला स्थानीयहरुले आफूमाथि मदिरा पिएर कुटपिट गरेको वडा सदस्य बोहराले बताए । कुटपिटबाट उनको टोउको र हातमा चोट लागेको बताइएको छ । उनका अनुसार सोही राति उक्त समूहले बालकल्याण आधारभूत विद्यालयका शिक्षक कृष्ण बोहरामाथि पनि आक्रमणको प्रयास गरेको थिए ।
वडा सदस्य बोहराले प्रहरी कार्यालय आलितालमा छानबिनका लागि निवेदन दिएका छन् भने प्रहरीले घटनामा संलग्न आलिताल–४ कटौजीका भरत रावत, टेक खड्का र जनक विष्टलाई नियन्त्रणमा लिएको छ ।