जगदीश रोकाया
बझाङ १ भाद्र : विद्यालयहरुको शैक्षिक अवस्था कमजोरी देखिएको जिल्लाको जयपृथ्वी नगरपालिका र केदाँरस्यु गाँउपालिकामा रहेका विद्यालयहरुमा शैक्षिक अवस्थामा सुधार भएको देखिन्छ । दुवै पालिकाका विपन्न कमजोर समुदाय रहेका र शैक्षिक अवस्था कमजोर देखिएका वडा बस्तीहरुका विद्यालयहरुमा संस्थाले सहयोग गर्दा यी विद्यालयहरु अन्य विद्यालय भन्दा नमुना बन्दै गएका देखिन्छन ।
स्थानीय गैरसरकारी संस्था प्रगतिशिल युवा समाजले बल्डभिजन अन्तराष्ट्रिय संस्थाको सहयोग र साँझेदारमा बाल स्पोन्सर र समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना संचालन गरेपछि दुवै पालिकामा विद्यार्थीको गुणस्तरीय पढाइ साथै विद्यालयको आन्तरिक तथा बार्है वातावरणमा सुधार र शिक्षक अभिभावकहरुमा पनि सक्रियता देखिएको छ ।
जयपृथ्वी नगरपालिका ८ जोशी गाँउमा रहेको जालपा आधारभुत विद्यालयका प्रअ कृष्णबहादुर बमले आफ्नो विद्यालयको अवस्था अगाडि निकै नाजुक रहेको र अहिले नमुना बन्दै गएकोमा यसको मुहार फेर्न प्रगतिशिल युवा समाज र बल्ड भिजनको निकै योगदान भएको प्रशंसा गरे । विद्यालयमा गएको संयुक्त अनुगमन टोली संग उनले संस्थाले दुइ कोठे भवन निर्माण गरि दिएको, घेरवार निर्माण । खानेपानीको उपलव्धता, शैक्षिक सामग्री दिएको, कक्षा कोठा र विद्यालयका भित्ताहरुमा शैक्षिक कुरा लेखन गरि दिएको, खेलकुद सामग्री उपलव्ध गरेको, बाल क्लव गठन गरि तालिम दिने गरेको, शिक्षकहरुलाइ विभिन्न शिक्षण सिकाइ तालिम, विपन्न असाह, साथै बाल स्पोनसरमा दर्ता भएका बालबालिकाहरुलाइ पोशाक, झोला कापी कलम र सरसफाइ सामग्री उपलव्ध गरेकोले विद्यायल सुधार गर्न निकै राम्रो सहयोग भएको जानकारी दिए ।
साथै उनले यति सहयोग गर्दा हाम्रो पनि इच्छा शक्ति जागेर केहि गरौ भन्ने सोचले अहिले विद्यालय अनुमान बनाउन खोजेको बताए । यो विद्यालय जस्तै जयपृथ्वी नगरपालिकाको वडा नम्वर ८, ११ र १ नम्वर वडाका विभिन्न विद्यालय र केदारस्यु गाँउपालिकाका विद्यालयहरुमा पनि यो संस्थावाट यस्तै शैक्षिक सुधारमा धेरै सहयोग भइरहेको छ ।
जोशीगाउँको विद्यालयबाट गत शैक्षिक सत्रमा कक्षा पाँचबाट पास भएका विद्यार्थीहरुको पढाइ राम्रो भएकाले अन्य निजी र सरकारी विद्यालयमा यहाँको विद्यार्थी सात कक्षामा भर्ना गर्न सक्षम भएका पनि अभिावक चन्द्रप्रशाद जोशीले जानकारी दिए । उनले पनि सरकारी भन्दा गैर सरकारी संस्थाहरुबाट विद्यालयमा निकै राम्रो सहयोग भएको वताए ।
संस्थाको यो सहयोगले परियोजना लागु भएका वडाको शैक्षिक अवस्था सुधार साथै सिंगो पालिकाको शैक्षिक नीति निर्माण र अन्य शैक्षिक गतिविधिमा सहयोग हुदाँ प्रगतिशिल र बल्डभिजनको काम निकै सह्नीय भएको जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले जानकारी दिए । केदारस्यु गाँउपालिकाका अध्यक्ष गणेश बोहरालेपनि प्रगतिशिल बल्ड भिजन संस्थाले गरेको काम आफुुहरुलाइ पनि सिकाइ भएको वताए ।स्रोत साधान जनशक्तिले मात्र शैक्षिक सुधारमा समास्या थियो । तर, यो संस्था यहाँ लागु भएपछि परियोजना लागु भएका वडा साथै पालिकामा पनि बालमैत्रीक स्थानीय शासन तथा बालबालिकाको क्षेत्रमा बजेट तथा योजना कार्यक्रम गर्न थप जिम्मेवार बनाएको वताए । प्रगतिशिल युुवा समाजले बल्ड भिजन अन्तराष्ट्रिय संस्थाको सहयोग साँझेदारीमा जयपृथ्वी नगरपालिका र केदाँरस्युँ गाँउपालिकामा बालबालिकाहितमा काम गरेको छ । साथै युएमएन अन्तराष्ट्रिय संस्थाहरुको सहयोग साँझेदारमा थलारा गाँउपालिकामा पनि बालबालिकाको हक अधिकार र हितमा काम गरेको छ । बालबालिकाको बाँच्न पाउने अधिकार संरक्षणको अधिकार र बाल विकास र बाल सहभागिताको अधिकारको सुनिश्चित गर्न उदेश्य राखेर दातृ निकायको सहयोगमा तिन वटै पालिकामा संस्थाले विभिन्न योजना कार्यक्रम गर्दै आएको प्रगतिशिल युुवा समाजका टिम लिडर लवराज जोशीले बताए । ‘संस्थाबाट गरेका कामकाज स्थानीय सरकारका मान्छेलाइ सन्तुष्टि लागेको छ’, उनले भने । ‘हामीलाइ उहाँहरुले धन्यवादन दिएका छन । तर, बालबालिकाको क्षेत्रमा स्थानीय सरकारको प्राथमीकता कम रहेको देखिन्छ ।’
