नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा दुईजना पक्राउ

बैतडी : नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा बैतडीका रवीन चन्दसहित अछाममा दुई जना पक्राउ परेका छन् । बैतडीको पाटन नगरपालिका–१० का २३ वर्षीय राहुल भनिने रवीन चन्दलाई पक्राउ गरिएकोे अछाम प्रहरीले जनाएको छ । उनलाई मंगलसेनबाट पक्राउ गरिएको हो ।
राहुलले आरएनसी ट्रेडिङ प्रालिका नाममा नेटवर्किङ व्यवयाय सञ्चालन गरी ठगी गरेको आरोप लागेको छ । अछामका ३७ जनालाई नेटवर्किङ मार्केटिङमा जोडेर उठाइएको पैसा ठगी गरेको भन्दै तीमध्येका १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यसअघि नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुराको आलिताल गाउँपालिका–६ का २१ वर्षीय प्रिती ऐरीलाई प्रहरीले पक्राउ गरेको थियो । ठगीमा संलग्न रहेको आरोप लागेका बैतडीको सुर्नया गाउँपालिका–२ का २३ वर्षीय भीमसिंह ऐरी र बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ का २० वर्षीय गणेश खड्का फरार रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.