लागुऔषध सेवन गरी गाडी चलाउने पक्राउ

अत्तरिया, ४ भदौ : कैलालीमा लागुऔषध सेवन गरी गाडी चलाइरहेका दुई जना सवारी चालक पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित मोहना–अत्तरिया ६ लेन सडक खण्डमा लागुऔषध सेवन गरी गाडी चलाइरहेका २ जना पक्राउ परेका हुन । ५ जना सार्वजनिक सवारीसाधन चलाउने चालकलाई चेकजाँचका क्रममा दुई चालकले लागुपदार्थ सेवन गरी चलाई राखेको भेटिएपछि ट्राफिक प्रहरी कार्यालय कैलाली र सु.प प्रदेश प्रहरी अस्पताल धनगढी कैलालीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सु.प.प्र.०२–००१ ज ३७४ नम्बरको विङ्गरका चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ का २२ वर्र्षीय रमेश टमटा र रा १ च १४७५ नम्बरको जिपका चालक दाङ बंगलाचुली गाउँपालिका –४ का २५ वर्षीय सोनु नेपालीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कैलालीले लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत प्रविधियुक्त लागुपदार्थ सेवन चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मार्फत सवारी चेकिङ गरिरहेको छ । यसअघि शनिवार मात्रै लागुपदार्थ सेवन गरी गाडी चलाउने ७ जना सवारी चालक पक्राउ परेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.