बाजुरा, ४ भदौ : बाजुरामा एक बच्चा बेवारिसे अवस्थामा फेला परेको छ । सोमबार त्रिवेणी नगरपालिका–४ को तोलीमा नाभिसहित भरखरै जन्मिएको शिशु झाडीमा फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शिशुको पहिचान भने खुलेको छैन ।
प्रहरीका अनुसार शिशुको टाउकोमा चोट रहेको जनाएको छ । उनलाई उपचारका लागि सोहि ठाउँकी स्थानीय करिश्मा अयडीको जिम्मा लगाएर अछामको बयलपाटा अस्पतालमा पठाइएको जनाएको छ । यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।