जसपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी गोविन्द चौधरीलाई

अत्तरिया : जनता समाजवादी पार्टी (जसपा)ले गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको छ । प्रदेश र विभागको जिम्मेवारी तोक्न बसेको जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैठकले चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश र प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

आइतबारको बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.