काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौँ : काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशूली नदीमा खसेको छ। धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर नदीमा खसेको हो। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.