धनगढीबाट एक युवतीसहित तीन जना लागुऔषधमा संलग्न पक्राउ

धनगढी : कैलालीको धनगढीबाट एक युवतीसहित लागुऔषधमा संलग्न तीन जना पक्राउ परेका छन् । लागुऔषध, नाईट्रोभेट र स्पाससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढीको त्रिनगर भन्सार र पुरानो भन्सार नजिकबाट नाईट्रोभेट र पिस स्पास नामक लागुऔषधसहित दुई युवक र एक युवती पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेल नजिकबाट एक पत्ता नाईट्रोभेट र ८ वटा स्पाससहित गोदावरी नगरपालिका–१ का २६ वर्षीय अजय चौधरी र २२ वर्षीय सौरव खनाल मंगलवार साँझतिर पक्राउ परेका हुन् ।

प्रहरी चौकी त्रिनगरको टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । त्यस्तै, मंगलबार साँझ नै धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट तीनवटा नाईट्रोभेट र ३९ वटा स्पासहित सोही स्थानकी २८ वर्षीया निर्मला आउजी पक्राउ परेकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.