कैलालीका नदीमा जल सतह बढ्ने

अत्तरिया : लगातारको वर्षाका कारण आज (शुक्रवार) देशका केही नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कैलालीको पूर्वी भागका नदीमा बहाव उल्लेख्य बढ्ने छ।

बिहान ५ः३० बजेको सूचना अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ। ती स्थानमा थप वर्षा हुने सम्भावना कायमै रहेकोमा स– साना नदीमा बहाव बढ्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.