डोटी घर भएका सिंह सामान्य प्रशासन मन्त्रालयको सचिव

अत्तरिया : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन्। बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो। हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए। सामान्य प्रशासनमन्त्रीमा अनिता देवी नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन्।

डोटीको चुरे गाउँपालिका पुर्ख्यौली घर भएका सिंह यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय मामिला हेर्ने सचिव थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.