दमाह बोकेर मन्त्री धामी छलिया नाचमा सहभागि

धनगढी : सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेस सिंह धामी प्रदेशको संस्कृति जोगाउन सक्रिय बनेका छन् । कला र संस्कृति जोगाउने क्रममै केही दिन अघि बैतडीको सिगास गाउँपालिकामा दमाह बजाएर चर्चामा आएका मन्त्री धामीले त्यस पछि पनि विभिन्न धार्मिक तथा सामाजिक भेषभुषाको अवलोकन गरेका छन् । बिहीबार धनगढीमा मनाइएको गौरा पर्वमा पनि मन्त्री धामी त्यसरीनै प्रस्तुत भए । काँधमा दमाह बोकेर मन्त्री धामी छलिया नाचमा रमाउँदा गौरा अवलोकन गर्न सहभागि सर्वसाधारण दंग भएका थिए ।
प्रदेशका कला संस्कृतिको जगेर्ना गरेर यहाँका नागरिकको सभ्यतालाई बचाउनु आफ्नो कर्तव्य हुने मन्त्री धामी बताउँछन् । ‘हामी कला र संस्कृतिका माध्यामबाट पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्नसक्छौं,’ मन्त्री धामीले भने, ‘तर त्यसका लागि कला संस्कृतिको सम्बद्धन र संरक्षण गर्नु अपरिहार्य छ, प्रदेश सरकार कला संस्कृतिको जगेर्ना गर्न कटिबद्ध छ ।’ प्रदेशका सवै भेष भुषा, धर्म, संस्कृति र कलाको अवलोकन गरी ती धरोहरको संरक्षणका लागि योजना बनाउने गरी आफुले काम गरिरहेको मन्त्री धामी बताउँछन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.