अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ बिक्री बितरणको लागी ठेक्का आह्वान गरेको छ । आर्थिक बर्ष २०८० \८१ को लागी बुधबार एक सुचना मार्फत बोलपत्र आह्वान गरेको हो । नगरपालिका भित्रपर्ने मुख्य नदी खुटियाको लागी न्यूनतम रकम ८ करोड ८६ लाख ७ हजार ७२८ रुपैयाँ कायम गरिएको छ ।
जसका लागी धरौटी रकम भने ४९ लाख ५० हजार तोकेको छ । ठेकेदार कम्पनीले ठेक्का परेपछि तीन चरणमा नगरपालिकालाई रकम बुझाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ । खुटियाबाट नदीजन्य पदार्थ उठाउन १० वटा साइट समेत निर्धारण गरिएको छ । यस्तै नगरपालिका भित्रपर्ने अन्य दुई नदिहरु गोदावरी र खैरानाको लागी पनि बोलपत्र आह्वान गरिएको छ । दुबै नदीमा नदि जन्य पदार्थ उठाउन न्युनतम रकम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ कायम गरेको छ ।
गत आर्थिक बर्षमा नदि जन्य पदार्थ उठाउन ठेक्का नपरेपछि नगरपालिका आँफैले रोयल्टी उठाएको थियो । यो पटक पनि यो रकम बढी नै भएकाले पहिलो पटक मै ठेक्का जाने सम्भाबना कम रहेको नगरपालिका स्रोतको दाबी छ । यो आर्थिक बर्षमा प्रदेशले नै नदि जन्य पदार्थको रोयल्टीको रकम बढाएकाले ठेक्का न्युनतम रकमको बढाइएको जनाएको छ ।
सम्बन्धित पाेस्टहरु