यस्ता लक्षण देखिएमा महिलामा गर्भ रहेको भनेर थाह पाउन सकीन्छ

अत्तरिया :  धेरैलाई गर्भ रहेको नरहेको थाहा नहुँदा चिन्तित बनाएको हुन्छ । विशेष गरी नवविहित जोडीहरुलाई यो समस्याले बढी पिरोलेको हुन्छ । महिलाहरु गर्भवती भएको मुख्य सूचक हो महिनावारी रोकिनु । तर, गर्भ बोकेको केही हप्ता बितिसकेपछि मात्रै महिनावारी रोकिन्छ ।
जब एग फर्टिलाइज भएर यूटरसमा प्रत्यारोपित हुन्छ, अनि महिला गर्भवती हुन्छिन् । यो घटना महिनावारी रोकिनुभन्दा निकै अगाडि हुन्छ । त्यसो भए महिनावारी रोकिनु अगावै गर्भवती भएको कसरी थाहा पाउने ?
खासमा गर्भावस्थाको प्रारम्भिक चरणमा नै धेरै किसिमका लक्षणहरु देखिएका हुन्छन् । महिनावारी भएन वा हुनुपर्ने नियमित समय अनुसार भएन भने गर्भ रहेको हुनसक्छ । तसर्थ महिनावारी समयमा भएन भने गर्भ रहे नरहेको थाहा पाउन बजारमा रहेको बिभिन्न प्रेग्नेन्सी टेस्ट कीटको प्रयोग गर्न सकिन्छ ।

यी कीटले महिनावारीको मिति नाघेपछि गर्भ रहेनरहेको थाहा हुन्छ । तर प्रेग्नेन्सी टेस्ट कीटबाट महिनावारीको मितिको न्युनतम पाँच दिनपछि प्रयोग गर्नु पर्दछ । यसले समान्यतया महिनावारी हुनुपर्ने मितिको २ हप्ता अर्थात अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि मात्र राम्रो नतिजा दिन्छ । तर नतिजा नआए १ हप्ता पछि फेरि टेष्ट दोहर्‍याउनु पर्छ ।

महिनावारी भएपछि महिलाको शरीरमा अर्को अण्ड निस्किन्छ । यस्तोमा यदि ५ दिनसम्म पीरियड चलेको भए त्यस लगत्तै पार्टनरसँग सम्बन्ध भएमा गर्भ रहने सम्भावना हुन्छ । तर महिनावारी भएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने यो समयमा गर्भ रहने सम्भावना सबै भन्दा अधिक हुन्छ ।

यदि अर्को पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा यो समयमा गर्भ रहने सम्भावना अधिक हुन्छ ।

गर्भवती हुदाँको लक्षणहरु
– खान मन नलाग्नु
– अन्य समयमा भन्दा बढि वान्ता हुनु
– स्तन सारो वा दुखे झै हुनु
– धेरै पिसाब लाग्नु
– शरीर गल्नु, थकानको महशुस हुनु
– पेटमा ग्यास भरिए झै हुनु
– छातीमा जलन पैदा हुनु
– मुखको स्वाद बिग्रनु

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.