Agni Offset Press

हसुलियामा वल्र्डलिंकको शाखा विस्तार

Aarati simant

धनगढी : इन्टरनेट सेवा प्रवाह गर्दै आईरहेको वल्र्डलिंक कैलालीले जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा वल्र्डलिंकको शाखा विस्तार गरेको छ । गाउँपालिकामा गुणस्तरिय सेवा प्रवाह गर्ने उद्देश्यसहित आइतबार हसुलियामा पत्रकार सम्मेलन तथा उद्घाटन समारोहको आयोजना गर्दै शाखा विस्तार गरिएको जानकारी दिइएको हो ।
घर दैलोमै फाइवर सेवा पुर्याउने लक्ष्यसहित सर्वशुलभ दरमा गाउँपालिकाभरी इन्टरनेट सेवा पुर्याउन शाखाको समुदघाटन गरिएको शाखा म्यानेजर राजेन्द्र विष्टले जानकारी दिए ।
‘विगतमा पनि गाउँपालिकामा वल्र्डलिंकले इन्टरनेट सेवा प्रवाह गर्दै आएको थियो । तर, गुणस्तरिय सेवा दिन सकिएको थिएन । अब यहिको शाखाले कतै समस्या देखिए समयमै मर्मत गर्ने छ’ उनले भने ‘वर्षातको समयमा सडक अवरुद्ध हुने, टावरमा क्षति पुग्ने लगायतका समस्या विगतमा थिए । अब यहि शाखा भएपछि यी समस्या पनि समाधान हुने छन् ।’
समारोहलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भगवति चौधरीले इन्टरनेट समस्याका कारण गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीले समस्या भोग्नुपरेको स्मरण गर्दै ‘अब वल्र्डलिंकको शाखा यहि भएपछि इन्टरनेट दु्रत र गुणस्तर हुने विश्वास लिएको छु । यो भएमा सेवाग्राहीलाई झन छिटो छरितो सेवा प्रदान गरिने छ ।’
उनले सार्वजनिक महत्वको क्षेत्रमा निशूल्क इन्टरनेट सेवा जडान गरिदिन आग्रह गरेकी थिइन् ।
वल्र्डलिंकले उपाध्यक्षको सुझावलाई मान्दै गाउँपालिकाको स्वास्थ्य संस्था, चौक र बढी भिडभाड हुने स्थानमा निशूल्क इन्टरनेट जडान गर्ने घोषणा गरेको छ ।
पब्जि मोबाइल गेमर इन्टरनेट प्याकेज घोषणा
वल्र्डलिंकले चार विशेष सुविधासहित पब्जि मोबाइल गेमर इन्टरनेट प्याकेज अघि बढाएको छ । सोही प्याकेजलाई कैलारी गाउँपालिकामा पनि अघि बढाइने शाखा म्यानेजर राजेन्द्र विष्टले बताए ।
मोबाइलको लोकप्रियताको बृद्धि, गेमिङ उद्योगको प्रभाव र नेपाली प्रतिभा जस्ता विश्वव्यापी प्रतिष्पर्धामा प्रवेश गर्ने एक्सपोर्टहरु पहिचान हुने कुरालाई मध्यनजर गर्दै सो सेवाको घोषणा गरेको थियो ।
पब्जि प्याकेज अन्र्तगत दुई सय ५० एमविपिएसको तिन महिनाको शूल्क तीन हजार छ सय र एक वर्षको १३ हजार आठ सय, तीन सय एमविपिएसको तीन महिना शुल्क चार हजार ५० र एक वर्षको १५ हजार छ सय राखिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.