धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी : धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँबाट सोही ठाउँका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा रहेका छन् ।

उनीहरुलाई १ ग्राम २४ मिलिग्राम लागुऔषध र ८ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित अस्थायी प्रहरी पोष्ट जुगेडाको टोलीले पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.