धनगढीमा बिरामी मृत्यु प्रकरण : आफन्त र अस्पतालबीचको वार्ता निष्कर्षविहीन

धनगढी : धनगढी स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त र अस्पताल प्रशासनबीच छलफल भएको हो ।

तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको हो । मृतकका आफन्त रामु कुश्मीले आफूहरुको मागप्रति अस्पताल प्रशासन गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन बनेको बताए ।

वार्ता निष्कर्षविहीन बनेपछि अस्पतालविरुद्ध आफन्तले प्रदर्शन सुरु गरेका छन् । आफन्तले अस्पतालमा तालाबन्दीको प्रयास समेत गरेको बताइएको छ । अस्पतालमा बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.