
अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले सुदूरपश्चिमका तीन ठुला अस्पताललाई स्वास्थ सामग्री हस्तारन्तरण गरेको छ । सोमबार अत्तरियामा आयोजित एक कार्यक्रम मार्फत प्रतिष्ठानले सेती, डडेल्धुरा र महाकाली अस्पताललाई १ करोड २२ लाख बराबर को सामग्री उपलब्ध गराएको हो ।
प्रतिष्ठानका संरक्षक पुर्वमन्त्री लेखराज भट्टले उक्त सामग्री सेती अस्पतालका अध्यक्ष निर्मल शाह , डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर भट्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णा नन्द भट्टलाई ह्स्तान्तरण गरेका हुन । सो अबसरमा अस्पतालका अध्यक्षहरुले प्रतिष्ठानले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेका थिए । प्रतिष्ठानका संरक्षक पुर्वमन्त्री भट्टले आफू राजनीतिमा दुर्गा– दशरथ (बुवाआमा) को प्रेरणाले लागेको बताए ।
उनले आफ्नो जीवन नै राजनीति मा बितेको ले बुवा आमाको नाममा खोलिएको प्रतिष्ठान मार्फत पनि जनताको सेवाको कार्य गरिने बताए ।प्रतिष्ठानसंग ह्याम्स अस्पताल काठमाडौले सहकार्य गरेर समाग्री ल्याएको हो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक गोकर्ण भट्ट, गोदावरी नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिं साउँद, प्रतिस्ठानका कोषाध्यक्ष शर्मानन्द भट्ट लगाएतको सहभागिता रहेको थियो ।
