बाजुराकी ३२ बर्षीय महिलाले बाटोमै जन्माइन छोरी

अत्तरिया : प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलाकी महिलाले बाटोमै शिशु (छोरी)  को जन्म दिएकी छन् । अप्रेसनको डरले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी हुन ।
बाजुराको बूढीगंगा नगरपालिका १० वडाध्यक्ष डेभिड क्षेत्रीले वडाध्यक्ष र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै सुत्केरी भएकी हुन् । उज्जली उपचारका क्रममा अछामको बयलपाटा अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए । वडाध्यक्ष क्षेत्रीका अनुसार डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा बूढीगंगा नगरपालिका वडा नम्बर १ स्थित पानीभुवाको सडकमा व्यथा लागेर ढलेकी थिइन् । उनलाई सडकमा ढलेको अवस्थामा सोही वडाकी अनमी सिर्जना सार्कीले सघाएर शिशुलाई जन्म दिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् । उनले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घरसम्म पुर्‍याउन सहयोगको आग्रह गरेका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.