अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा देउडा खेलमा स्थानीय रमाउन थालेका छन् । सोमबार देखि गौरा पर्बको मेला नै शुरु भएको छ । स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा १५ गतेसम्म मेला लाग्ने भएको हो ।
धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला सुरु भएको हो । स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा,गोपाल देउवा,मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागी सहकार्य गरेका हुन् । मेलामा विभिन्न ठाँउका चर्चित देउडिया कलाकारहरुको पनि उपस्थिति रहेको छ ।
सोमबार गंगा खत्री र पदमराज जोशीले देउडिया को भूमिका निर्बाह गरे। साँझ परेपछि देउडा खेल्नेहरुको बढी भिड लाग्ने गरेको स्थानीयले बताएका छन् ।