गौरीगंगामा भेटिए एकजना हैजाका बिरामी

अत्तरिया : कैलालीका एक बिरामीमा हैजाको संक्रमण फेला परेको परेको छ । भदौ १० गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तेजबिक्रम शाहीका अनुसार गौरीगंगा नगरपालिका–११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो । उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी हुन् । दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन् । त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते उनलाई सेतीमा पठाएका थिए । सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो ।

उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । सोमबारसम्म आइसियुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको छ । लामो समयपछि कैलालीमा हैजा देखिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.