अत्तरिया, १२ भदौ : गोदावरी नगरपालिका अत्तरियामा अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । राष्ट्रिय आदिवासी जनजाती अपांग महिला संघ नेपालको संयोजन, युएन वुमनको आर्थिक सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिमले तालिम सुरु भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने छ । मंगलबार भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद रहेकी थिईन ।
कार्यक्रममा उपप्रमुख रोकायाले स्थानीय एवम् प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरुका लागि राम्रो प्रयास गरिरहेको बताईन । उनले अपांगता भएका व्यक्तिहरुलाई बजेटको व्यवस्था एवम् कार्यक्रमको लागि व्यवस्थापन गर्ने कार्य सरकारले गरिरहेको बताईन । उनले पछिल्लो समय अन्य मानिस सरह नै अपांगता भएका व्यक्तिहरुका लागि पनि व्यवस्था हुनुपर्ने बताईन । उनले पछिल्ला समयमा हुने विभिन्न किसिमका भौतिक संरचनाहरु पनि अपांगतामैत्री हुनुपर्ने भन्दै आफुले आवाज उठाएको बताईन । उनले हाल वडा तथा नगरद्धारा बनाइने सबै भौतिक संरचनाहरु अपांगतामैत्री रुपमा निर्माण भैरहेका बताईन ।
कार्यक्रमकी विशिष्ठ अतिथि वडा नं. ७ की वडाध्यक्ष कलावती साउँदले आफु सदैव अपांगता भएका व्यक्तिहरुको सहयोगमा तत्पर रहेको बताईन । उनले नगर जस्तै वडाका तर्फबाट पनि आफुले अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरिन । तालिमको मंगलबार राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिमका अध्यक्ष मानबहादुर साउँदको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको हो ।
अपांंगता भएका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा राज्यसँग कसरी जोड्ने भन्ने विषयमा तालिमको आयोजना गरिएको अध्यक्ष मानबहादुर साउँदले बताए । उनले अपांगता भएका व्यक्तिहरुको राज्यका हरेक क्रियाकलापहरुमा कसरी अर्थपुर्ण उपस्थिति बनाउने भन्ने पनि तालिमको लक्ष्य रहेको बताए । उनले नगरमा रहेका ६ वटा अपांगता सम्बन्धी कार्य गर्ने संस्थाका अध्यक्षसहित नगरका सबै वडाका अपांगता भएका व्यक्तिहरुको तालिममा सहभागीता रहेको बताए ।
तालिमको प्रशिक्षकका रुपमा राष्ट्रिय आदिवासी जनजाती अपांग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङ्ग र अपांगता अधिकार फोरमका नेपाल प्रतिनिधि कृष्ण गहतराज रहेका छन ।
सम्बन्धित पाेस्टहरु