धनगढी : धनगढीमा अब एक सय रुपैयाँमै खाना पाइने भएको छ । धनगढीको कर्बडल चोकमा अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले एक सय रुपैयाँमा खाना खुवाउने भएको हो । खाना घरका बुधबारदेखि शाकाहारी खाना खुवाउने व्यवस्था मिलाएको छ । खाना घरसँगै क्याफेको उद्घाटन सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले गरेका हुन् ।
सञ्चालक रामबहादुर बोहराले खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडो पनि उपलब्ध रहेको बताए । बझाङको बुङ्गल नगरपालिका घर भएका खाना घर तथा क्याफे सञ्चालक बोहराले झण्डै ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए । खाना घर एण्ड क्याफेमा रेष्टुरेन्ट, क्याबिन र दुईवटा डाइनिङ हल रहेका छन् ।
खाना घरमा मटन र लोकल चिकेन खाना पनि खुवाइने छ भने थकाली खाना, मकैको रोटी, चटनी, साग र मोही पनि पाईनेछ । होटल सञ्चालक बोहराले बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध हुने जानकारी दिए । उनले स्कुल कलेज पढ्ने विद्यार्थी र अन्य कामकाजी व्यक्तिहरूलाई मध्यनजर गरेर एक सयमा शाकाहारी खाना उपलब्ध गराउने सोच रहेको उल्लेख गरे ।
सम्बन्धित पाेस्टहरु