सन्दीपको बलमा नेपाललाई तेस्रो सफलता, मोहम्मद रिजवान आउट

काठमाडौँ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन्। यससँगै नेपालले पाकिस्तानविरुद्ध नेपाललाई महत्वपूर्ण विकेट हात परेको छ। पाकिस्तानका मोहम्मद रिजवान ४४ रन आउट भए।

२४ औँ ओभरको चौथो बलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट रिजवान ४४ रनमा रन आउट भए। योसँगै नेपालले पाकिस्तानमाथि केही दबाब बढाउन सफल भएको छ। रिजवान र बाबर आजमले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पापकिस्तानको इनिङस् उकासेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.