
हामी विहान उठ्दा सुर्मा काँकरजडी मन्दिरमा आरतिधुन बजीरहेको थियो । विहानी नृत्यक्रर्म गरेपछि वरपर हेर्दा मानिसहरु सुर्मा सरोवर जाँने बाटोतर्फ हिडीरहेका थिए । प्राय महिला भक्तजनहरु उकाला सिडिहरु चढ्दै रहेका थिए । किन भने महिलाहरुलाइ यो पर्वमा सुर्मा सरोबरतालमा जान नहुने रहेछ । तर महिलाहरु माथि लोट्नी भन्ने ठाँउमा जान सके उनीहरुलाइ सुर्मा सरोवर गए सरह हुनेरहेछ । त्यसैले मेला आएका प्राय सवै महिलाहरु लोट्नीसंग पुग्दा रहेछन । अर्को काम त्यहाँ सुर्माताल पुगेका आफन्त मान्छेलाइ महिलाहरुले फलफूल पानी दिइ पर्छो गर्ने रहेछन ।
रातीसंगै सुतेका जिल्ला समन्वय प्रमुख नरबहादुर दाइलाइ मैले आग्रह गरे विहान मोर्निडवाक पनि हुन्छ यसो हामी पनि माथितिर निष्कौ । उहाँले हुन्छ भने पछि हामी पनि जति सकिन्छ भनेर सुर्मा सरोवरजाने उकालो बाटो चढ्यौ । हामी संगैको ललित सिंह भाइ भने रुगालागेर पल्टेकै थिए । विरीजातमा यहाँ सवैले खाली खुट्टानै हिड्नुपर्ने रहेछ । जिवनमा पहिलो चोटी यसरी खाली खुटु्टा हिड्दा गाह्रो नहुने त कुरै भएन । तर पनि नयाँ ठाँउ, सवै खाली खुट्टा हिडिरहेका सुर्मादेवीको आस्था भक्तीभावले आत्मबल गरियो ।
आजकल सुर्मा मन्दिर भएको ठाँउ ठकुन्ना दैपाडबाट सुर्मा सरोवर जाने बाटोमा सिडी बनाउने कामको सुरुवात गरेको रहेछ । सिडीसंगै फलामे रेलिङ विचमा मन्दिरहरु उकालो उक्लिदै जाँदा तलको फाँट राम्रो देखिने हुदाँ मन आनन्द भयो । आधा घण्टा हिडेपछि सिडीको यात्रा सकिन्छ । तर यो विचमा विरपानी भन्ने पानीको मुहान धारा छन । यो पानी देवीले निकालेको किम्वदन्ती रहेछ ।
म त जात्राको तेसा्रे दिन पुगेको थिए । सुर्माको आलीपालीका मान्छेहरु यसपाली भदौ १० गतेनै यो जात्राको यात्राको लागी हिडी सकेका थिए । सुर्मा सरोवर ताल नगएका पुरुष र महिलाहरु पाँगरजडी मन्दिर क्षेत्रमा पुजाआजा गरि रहेका थिए । त्यहाँ डेउडाखेल भलिबल खेलको पनि कार्यक्रम राखेको थियो । हाम्रो लोट्नी सम्मको यात्रामा बाटोमा अधिकाँस महिलाहरु थिइन् । उनीहरु चाँहि कोहि फाग मागल गाँउदै सुर्मामाताको जयजयकार गर्दै थिए ।
लोट्नी सम्मको दुइ ढाइ घण्टाको बाटोको विचामा खाली भन्ने ठाँउ छ । त्यहाँ सुर्मा सरोवारवाट फिर्ता भएका मान्छेहरुलाइ खाना खुवाउने रहेछन । हामीसंगै उकालो हिडेका महिलाहरुले पनि ढोकोमा खाना नास्ता लिएको कुरा सुनाउदै थिइन् । उकालो बाटो घाँसे पहाडमा हिड्दा जति थकाइ पसिना आएपनि उत्तिकै रमाइलो भयो । विहानीको यात्रामा उदाउदो घाम, मौसम सफा, हरियाली सिजन धेरै माथि पुगेपछि सुर्मा गाँउपालिको सवै भुभाग उपत्यका जस्तो सुन्दर रमणिय देखीयो ।
लोट्नीमा सानो टिनको भक्तजन बस्ने धर्मशाला बनाएको छ । सानो मन्दिर पनि छ । तलबाट आएका सवै महिलाहरु यो मन्दिरमा धुपबत्ती पुजाआजा गर्ने र मनले सोचेको बर माग्ने रहेछन । यहाँ भन्दा माथि महिलाहरुले जान नमिल्ने धार्मीक मान्यता रहेछ । पहिलो पटक यहाँ आएका भक्तजनले ५ चोटी लोटी खेल्नुपर्ने रहेछ मैले पनि त्यो मान्यता पुरा गरे ।
अघिल्लो हिन सुर्मा मानसरोवर गएका पुरुष भक्तजनहरु लाइ यहाँ लोठ्नीमा उनिहरुका घरपरिवार आफन्तहरुले भेट्ने वा पर्र्छो गर्ने प्रचलन रहेछ । माथिबाट आएको टोलीले सरोवरको माटोको टिका लगाइ दिने, जल खुवाउने, फुल लगाइ दिने गरे । उनीहरुको पर्खाइमा लोट्नी बसेका भक्तजनहरुले पनि हरियो घाँस दुवो लगाइ दिएर आर्शिकवाद आदान प्रदान गरे ।
लोट्नी निरको यो दृष्य अवस्था हेर्दा यो मेलाले मान्छेहरुमा भाइबन्दुत्व भाइचारा सदभाव प्रेम बढाउने देखियो । सामाजिक एकता पनि यो ढोकभेट टिकाटालो ले गर्यो जस्तो मलाइ अनुभुभती भयो । साथै श्रीमान श्रीमती देवर भाउजुुहरुमा पनि टिका हुने हुदाँ पारिवारिक मेलमिलाप पनि यो पर्वको विशेषता जस्तो मलाइ लाग्यो । लोट्नीमा एउटा झाँडी भित्र एक महिलामा देवी चलेर सवै महिलाहरु त्यहाँ झुम्मी रहेका थिए । देवता चलेकी महिलाले सुर्मादेवीको दुख सुनाइ रहेकी थिइन यो कुरा सुनेर अरु महिलाहरु पनि रोइ रहेकी थिइन् । रुदाँ पनि मान्छेको मन शान्ति हुने हुदाँ यो दृष्यले परिवेसले पनि महिलाभक्तजनहरुलाइ स्तव्ध भावक बनाएको थियो ।
सरोवरवाट फर्केका मान्छेहरुका हातमा आकर्षक लठ्ठी थिए । कसैले डोरीमा मोजा जस्तो लगाएका थिए तर अधिकास खाली खुट्नानै थिए । टाँउकोमा घाँस बाँधने मुखुमा घाँस राख्ने पनि यो मेलाको अर्को आर्कषण रहेछ ।
दुइ दिनको मानासरोवर यात्राबाट फर्कीएका भक्तजनहरु लोट्नीमा आफन्त घर परिवारसंग भेट्न पाउदाँ माथिको दुख थकाइ सवै र्विसन्छन । कोही अगाँलो मारेर रुने गर्दछन । कठिन यात्रामा सुर्मा सरोवरको दर्शन गरेर फर्केपछि बाँचेर आइयो, सुर्माले पुर्यायो भनेर एउटा विरगती प्राप्त गरेजस्तै यो यात्रालाइ मानिदो रहेछ । सुर्मा मानसोरबरको यात्रामा सुर्माका धामी पनि जाने रहेछन । उनलाइ सुर्मा पाली भित्रका मान्छेले बाटोमा केहि स्थानमा बोकेर पुर्याउने ल्याउने गर्दा रहेछन ।
हामी लोट्नीबाट फिर्ता हुदाँ माथिबाट आएको टोली र उनका आफन्तहरु तल झर्दै थिए । समन्वय प्रमुख नरबहादुर दाइको घर परिवार गाँउको टोली सुर्मा सरोवरबाट लोट्नी पुगेपछि हामीहरुले पनि स्वागत गरयौ । माथिको टोलीले जल दियो तालको माटोको टिका लियो गौरीधानको फुल लगाइ दियो । हामीले दुवो हरियो घाँसका पातहरु शिरमा लगाइ दिइ आर्शिकबाद आदान प्रदान गर्रौ । यहाँनिर पहिलो पटक सुर्मा सरोवर गएका श्रीमान देवरहरुको दैचामलले खुट्टा पुजा गरि ढोक गर्ने प्रचलन पनि रहेछ । यहाँ निर केहि समयको थकाइ बसाइ कुराकानी भेटघाटपछि हाम्रो टोली पनि तलझर्र्यौ ।
खाली भन्ने स्थानमा माथी गएर फर्केको टोलीलाइ खाना नास्ता खुवाउने थकाइ मेट्ने यात्राको कुरा गर्दा रहेछन । यहाँ पनि दुवो हाल्ने छोरीबेटीहरुलाइ दक्षिणा दिने गरेको थियो । सुर्माका देवताका धामी पनि सुर्मासरोवर जाने हुदाँ उहाँ संग पनि ठुलो टोली हुुदो रहेछन । खाली भन्ने ठाँउमा सवैले रोकीने बस्नुपर्ने र एकै चोटी सुर्माका देवता संगजानुपर्ने प्रचालन रहेछ । खाली भन्नेबाट ठकुुन्नामा रहेको पाँगरजडी मन्दिरमा देवतासंगै सवै भक्तजन डाँडाबाट ओरालो बाटो भएर आउदाँ यो दृष्य र यो अवस्था पनि जात्राको आर्कषणको समय रहेछ । साथै शंख बजाएका ढाँकी नाचको सुन्दरता पनि यो पर्वको सुन्दरता आर्कषण देखीयो । मन्दिर भित्र पानीको मुहान र धाराहरु, पाँगरको आधा रुख देवीको शक्तिले भएको भनाइ छ । अहिले स्थानीयहरुवाट मन्दिर गेट, धर्मशालाहरु निर्माण तथा मर्मतले पनि यो मेला व्यवस्थापन भएको छ ।
यसपाली सुर्मा तालबाट फर्केका देवताका धामी लाइ पर्छो गर्न समय साँझको ६ बसी सकेको थियो । तल चौरमा पुगेपछि सेतो तुलमा देवताका धामीहरु लाइ पर्छोगरी काँधमा मन्दिरतिर लिएको दृष्य साथै महिला पुरुष झाँक्रीहरु चली रहेका दृष्यहरु जात्राको मुख्य पाटो रहेछ ।
मान्छेहरु चाँ चाँ चाँ गरेका सयौ मान्छेको भिडले पनि यो मेला निकै धार्मीक आस्थाको देखीयो । पाँकरीगड मन्दिरमा सुर्मा सरोबरबाट आएको धामीको टोलीलाइ राखेर त्यहाँ केहि समय पुजागरेपछि देवता चल्ला रहेछन । देवताले केही कुरा बोलेपछि यो जात्रा विसर्जन हुदो रहेछ । तर केहि आलिपालीमा पछिल्लो दिनपनि आ आफ्नो गाँउमा पुजा गर्ने प्रचलन रहेछ । यसपाली पाँगरजडी सुर्मा मन्दिरमा लाख बक्ती बाल्ने, देवताका धामी लाइ कपडा बस्त्र चढाउने चौधारी जुजीतरिका भक्तजनहरुले देवता चलेर आफुहरुको बारे केहि नबोली दिएकोमा सुर्माका देवताप्रति गुनासो गरेका थिए । कतिपय मान्छेहरुले मन्दिर भित्र देवताको शक्ती छ्युण भइ सकेको पनि प्रतिकृया गरि रहेका थिए । तर केहि भक्तजनहरुले यो पर्वमा एकचित्त भएर चोखोमित्तो बसी सुर्माताल सम्म पुगी देवीलाइ बर मागेभने देवीले जे मागेको छ त्यो पुरा गरेको अनुभव सुनाउनु हुन्छ । मेला लाग्ने ठाँउसम्म अहिले गाडी पुग्ने भएर यात्रा सहज भएको छ । खाली खुट हिड्नुपर्ने यो प्रथा प्रचालन लाइ कतिपय भक्तजनहरुले देवी बाट अनुमती लिएर जुक्ता चप्पल लगाउनु बनाउनुपर्ने विचारहरु सुनाउन्छन तर कतिपय खाली खुट्टा हिड्नु नै पर्वको विशेषता भएकाले यो हटाउन नहुने सुनाउन्छन । यसपालीको यो मेलामा देश तथा विशेषमा रहेका मान्छेहरु पनि यहाँ आएका देखीए ।
बझाङको सवै भन्दा शुद्ध धार्मीक मेला विरीजातमा एक चोटी आउनै पर्ने पर्व देखीयो । यो ठुलो धार्मीक शक्तिपिठ पनि हो । यसको अझै संरक्षण सम्वद्र्धन व्यवस्थापन र प्रचार प्रशार गरि यो पर्वको महत्व महिना बढाउनुपर्ने देखीन्छ ।
लेखक उहाँ नेपाल पत्रकार महासंघ बझाड शाखाका पुर्व अध्यक्ष हुन ।
हाल उनी रेडियो नेपालमा कार्यरत छन ।
