राष्ट्रिय पुस्तकालय दिवसमा माविस्तरीय कविता प्रतियोगिता

अत्तरिया, १५ भदौ : प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । शुक्रबार पुस्तकालय दिवसको उपलक्ष्यमा गोदावरी नगरपालिका क्षेत्र भित्रपर्ने अन्तर माविस्तरीय कविता प्रतियोगिता कार्यक्रम आयोजना गरि मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी पौडेल कुँवर थिईन । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्रबहादुर ऐर एवम् दुर्गा लक्ष्मी नमुना माविका अध्यक्ष गणेशबहादुर शाह कार्यक्रमको विशिष्ट अतिथि रहेका थिए । संस्थाका सह–सचिव भूपेश जोशीले सञ्चालन गरेको कार्यक्रमकोे शुभारम्भ पुस्तकालयका वर्तमान उपाध्यक्ष एवम् कार्यक्रम संयोजक यज्ञराज हमालको स्वागत गरेका हुन् । कार्यक्रमको सभापतित्व प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी रहेका थिए ।
गोदावरी नगरपालिका क्षेत्र भित्रपर्ने गरी अन्तर माविस्तरीय कविता प्रतियोगिता कार्यक्रम सुरुवात गरिएको थियो । प्रतियोगी विद्यार्थीहरुलाई आयोजक प्रतिभा सामुदायिक पुस्तकालयको तर्फबाट कविताको शीर्षक ‘ज्ञानका लागि पुस्तक’ यस अघि नै संप्रेषण गरिएको थियो । प्रतियोगिताका निर्णायकहरुमा डोटी क्याम्पसका पूर्व प्राध्यापक तीर्थराज जोशी निर्णायक संयोजक रहने गरी साहित्यकार कृष्णराज ओझा र साहित्यकार तारा भट्ट पल्लवी निर्णायक सदस्य रहेका थिए । प्रतियोगितामा गोदावरी नगरपालिका–२ तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालयकी लक्ष्मी जैसी प्रथम भएकी छिन । प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माविकी नितिका अवस्थी द्धितिय‚ सैनिक आवासीयकै प्रवीण भण्डारी तृतिय र सत्यवति एकेडेमीका राजेश कडायत‚ जेके सेकेण्डरी स्कुलकी हिमाली रावलले सान्त्वना स्थान हासिल गरेका छन ।
प्रतियोगितामा गोदावरी क्षेत्रका १५ विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत २७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.