कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालका ५१ वर्षीय लक्षी तिरुवालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। तिरुवालाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई अदालतले २०७९ बैशाख १३ गते लागु औषधको मुद्दामा तीन दिन कैद सजाय तोकेको थियो।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.