अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –८ स्थित स्याउलेमा जारी गौरा विशेष मेलाको शुक्रबार समापन गरीएको छ । भदौ ११ गतेदेखि सुरु भएको गौरा विशेष मेलाको औपचारीक रुपमा समापन गरीएको हो । स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा लागेको मेलाको भदौ ११ गते स्याउलेकी जेष्ठ नागरिक पार्वती खड्काले उद्घाटन गरेकी थिईन् ।
धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला लागेको थियो । स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा,गोपाल देउवा,मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाकोलागी सहकार्य गरेका हुन् । मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थिति रहेको थियो ।