आफैले चलाएको अटो पल्टिदा धनगढीका ५० वर्षीय पुरुषको मृत्यु

अत्तरिया : धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार अटो आफै अनियन्त्रित भएर पल्टिदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अटो तारानगरबाट राष्ट्र बैँक चोकतर्फ आउने क्रममा भित्रि सडक खण्डमा दुर्घटनामा परेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.