अत्तरिया, १६ भदौ : गोदावरी नगरपालिका अत्तरियामा आयोजित नगरस्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले प्रथम भएको छ ।
दुर्गालक्ष्मीका तर्फबाट कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्वय अविरा दहित र राजेश लुहार, कक्षा १० मा अध्ययनरत विद्यार्थी उत्कर्ष अवस्थी र कक्षा ९ मा अध्ययनरत विद्यार्थी पारस रावलले सहभागीता जनाएका थिए । नगरमा रहेका १७ वटा सामुदायीक तथा संस्थागत विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीतामा सत्यवती एकेडेमी द्वितिय, एभरेष्ट एकेडेमी तृतिय र सैनिक आवासिय महाविद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
सत्यवतीका तर्फबाट कक्षा १२ मा अध्ययनरत विद्यार्थी दुर्गा भट्ट, कक्षा १० मा अध्ययनरत विद्यार्थी विवेक भट्ट र कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय विभुती कडायत र एन्जल देउवा सहभागी रहेका थिए भने एभरेष्टका तर्फबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय दिया भट्ट र जोनिशा चौधरी तथा कक्षा ८ मा अध्ययनरत विद्यार्थीद्वय प्रशान्त भट्ट र दीक्षित भट्ट सहभागी रहेका थिए । यस्तै सान्त्वना स्थान हासिल गरेको सैनिक आवाशियका तर्फबाट स्तुती जोशी, निरज कुमार राना, शुभम शाहु र किरण कुँवरले सहभागीता जनाएका थिए ।
पिएफए स्पोट्र्स क्लबको आयोजनामा शनिबार आयोजित प्रतियोगीता सम्पन्न भएको हो । मावि तहसम्म अध्यापन गर्ने विद्यार्थीहरुका लागि लक्षित गरिएको प्रतियोगीतामा विजयी भएका विद्यार्थीहरुलाई आर्कषक पुरस्कार प्रदान गरिएको क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए । उनले विद्यार्थीहरुमा पढाई प्रतिको जागरुकता बढाउन प्रतियोगीता आयोजना गरिएको जानकारी गराए ।
सम्बन्धित पाेस्टहरु