Agni Offset Press

किसान महासघं कैलालीको अध्यक्षमा पुनः चौधरी

Aarati simant

धनगढी : अखिल नेपाल किसान महासंघ कैलालीको अध्यक्षमा जुगराम चौधरी निर्विरोध निर्वाचित भएका छन् । अखिल नेपाल किसान महासंघ कैलालीको ५औ अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा दोहोरिएका हुन् । महासंघको उपाध्यक्षमा बलबहादूर चौधरी र राधा जैशी सचिवमा इश्वर चन्द, उप सचिवमा इश्वर सिंह र टंक खड्का र कोषाध्यक्षमा पार्वती गिरि निर्बिरोध निवार्चित भएका हुन् । महासंघले ३७ सदस्यीय कैलाली जिल्ला कमिटी निर्बिरोध निर्वाचित गरेको छ।

अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा को प्रमुख आथित्यतामा सम्पन्न भएको अधिवेशनमा महासघंका स्थाई कमिटि सदस्य नेपालु चौधरी, निर्वाचन आयोगका केन्द्रिय सदस्य रण बहादूर चन्द, एमाले कैलाली जिल्ला कमिटि कार्यबाहक उपाध्यक्ष दुर्गा जोशी, किसान महासंघ सुदूरपश्चिम अध्यक्ष मदन रेग्मी लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.