अत्तरिया : कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छलीगरि ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको विभिन्न स्थान भीमदत्त नगरपालिका–१० विद्युुत कार्यालय अगाडि भन्सार छलीगरि ल्याएका अन्दाजी ३२ हजार ३ सय १५ मूल्य बराबरको चिनी, तोरीको तेल लगायतका सामान र बेलौरी नगरपालिका १ बैशाखा अन्दाजी ७३ हजार मूल्य बराबरको लेडिज सुट, साडी, चुरा, पेय पदार्थ (डिउ) लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।