रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा कटक फाउण्डेशनलाई सम्मान

अत्तरिया : नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले कटक फाउण्डेशन धनगढीलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका बिच कटक फाउण्डेशन धनगढीलाई सम्मान गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्त संचार सेवामा निरन्तर संलग्न रही स्वयमसेवी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरी रगत पूर्तिमा सहयोग पुर्‍याए बापत फाउन्डेसनलाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपडबहादुर साउदले कटक फाउण्डेशनका अध्यक्ष गणेशबहादुर भण्डारीलाई खादा र सम्मान पत्रले सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै कटक फाउण्डेशनका अध्यक्ष गणेशबहादुर भण्डारीले रेडक्रस सोसाइटी कैलाली शाखालाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.