बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–१० पाण्डुसैन बस्ने जयपुरा शाही मृत अवस्थामा भेटिएकी छन् । घाँटीमा डोरी बाँधिएको र अनुहार सहित शरिरमा निलडाम भएको अवस्थामा शाही मृत भेटिएको आफन्तले बताएका छन् ।
लामो समयदेखि उनी माइती घरमा एक्लै बस्दै आएकी थिईन । शाहीको हत्या कि आत्महत्या भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आफन्तले श्रीकृष्ण जन्मअष्टमीको दिन पनि बाहिर नदेखिए पछि घर भित्र गएर खबर गर्न खोज्दा मृत अवस्थामा भेटिएको छिमेकी केशर कुमार बोहराले बताए।
धाँटीमा डोरी बाँधेर सुताएको अवस्थामा शाही फेला परेकी हुन् । शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । आफन्तले अनुसन्धान सहित हत्यारा पत्ता लगाउन जाहेरी समेत दिएका छन् ।