अवरुद्ध बाजुराको साँफे–मार्तडी राजमार्ग सुचारु

बाजुरा : बाजुराको साँफे–मार्तडी राजमार्ग सुचारु भएको छ । गत शनिवार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।

एक्स्काभेटरले पहिरो सफा गरेपछि साँफे मार्तडी राजमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बर्खाको समय सो सडकमा पहिरो बग्ने भएकोले एक्स्काभेटर राखिएको थियो ।

पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.