Agni Offset Press

धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

Aarati simant

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोमबार धनगढी उपमहानगरपालिका–४ तारानगरबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–८ का ३० वर्षीय गौरब बमलाई लागुऔषधसहित कैलाली प्रहरीले पक्राउ गरेको हो।

उनलाई ४ ग्राम १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.