
अत्तरिया : कैलालीको अत्तरियामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । सोमबार गोदावरी होटल व्यवसायी संघले तिज विशेष कार्यक्रमको आयोजना गरेको हो । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा संघले तिज विशेष दर खाने कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिइन् । यस्तै कार्यक्रमा बिशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिइन् । कार्यक्रममा प्रदेश सभा सदस्य देवकोटाले तिजलाई भड्किलो नबनाउन आग्रह गरीन् । उनले पछिल्लो समय तिजमा छाडापन देखिन थालेकाले त्यसका रोक्न सवैको अहम भूमिका हुने बताइन् । उनले तिजलाई धेरै खर्चिलो बनाउनुको सट्टा गरिब असायलाई सहयोग गर्नुपर्ने बताइन् ।
गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना देवी चोखालको अध्यक्षतामा भएको हो ।
अध्यक्ष चोखालले तिजको संस्कृति जोगाउनको लागि कार्यक्रम आयोजना गरिएको बताइन् । उनले होटल व्यवसायमा लागेका महिलाहरु एक दिन भएपनि रमाइलो पनि गर्न पाएको बताइन । कार्यक्रममा होटल व्यवसायीमा सम्बद्ध लगायत विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो
