Agni Offset Press

टीकापुरमा बाघको आक्रमणबाट महिला घाइते

Aarati simant

अत्तरिया : कैलालीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। जिल्लाको टीकापुर नगरपालिका–२ विजयनगर खडक टोलकी ३५ वर्षीया फूलकुमारी चौधरी घाइते भएकी हुन्। सोमवार बिहान जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदा उनी बाघको आक्रमणमा परेकी थिइन्। आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ।

उनको अवस्था सामान्य भएपनि थप उपचारका लागि नेपालगञ्ज लगिएको टीकापुर प्रहरीले जानकारी दिएको छ। यसअघि पनि सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.