Agni Offset Press

दार्चुलाको शैल्यशिखरमा आज शोक बिदा

Aarati simant

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक बिदा दिइएको छ। नगरपालिकामा कार्यरत नायब प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको शोकमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

शैल्यशिखर नगरपालिबाट कार्यालयको कामले डडेल्धुरा गइरहेका कपाडीको आइतवार मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। कपाडीको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका क्षेत्रभित्रका सबै कार्यालयहरुमा शोक बिदा रहेको उल्लेख गरेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.