
अत्तरिया : लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । आज बिहान बी एण्ड बी अस्पतालमा उनको निधन भएको हो ।
निमोनियाका भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको आजै दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
लामो समय पत्रकारिता गरेका पराजुलीका एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।
