Agni Offset Press

धनगढीको स्वस्तिक र संजिवनी अस्पतालमा प्रशासनको ताला

Aarati simant

अत्तरिया : अनुमति नलिई सञ्चालनमा रहेका धनगढीका दुई अस्पताल बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीसहितको टोलीले मङ्गलवार अनुगमन गर्दा ती अस्पतालले अनुमति नलिई सञ्चालनमा रहेको पाइएकोले अस्पताल सञ्चालन अनुमति नलिए सम्म बन्द गरिएको हो ।
अस्पताल सञ्चालन अनुमति नलिनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेष्लिटी हस्पिटल प्रा.लि. र धनगढी उप–महानगरपालिका वडा नम्बर ५ स्थित धनगढी संजिवनी हस्पिटल प्रा.लि. रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । ‘प्रशासन सहितको टोलि ले संयुक्त अनुगमन गरेको हो । मापदण्ड विपरित र अनुमति विना नै सञ्चालन गरेको भेटिएको हुँदा बन्द गर्न निर्देशन दिएको थियो’, उनले भने । ‘आज प्रशासनले आफै अस्पतालमा पुगेर ताला लगाएको हो ।’
कानून अनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, एक सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ । तर स्वस्तिक र संजिवनीले अनुमति नलिई सेवा सञ्चालन गरिरहेका थिए । यी दुई अस्पताल लामो समय देखि विवादित थिए । यी दुई अस्पतालले एक बर्ष अगाडि मात्र सेवा सुरु गरेका थिए ।
अब ती अस्पतालले अनुमति नलिएसम्म आफ्नो सेवा लिन नपाउने भएका छन् । मङ्गलवार जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ,स्वास्थ्य निर्देशनालय दिपायल (सम्पर्क कार्यालय धनगढी), वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, स्वास्थ्य कार्यालय कैलाली र धनगढी उप–महानगरपालिका कैलालीका कर्मचारी समिलीत टोलीले धनगढीका निजी अस्पतालमा संयुक्त अनुगमन गरेको थियो ।
स्वस्तिक केहि दिन अगाडि कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अपरेशनका क्रममा मृत्यु समेत भएको थियो । पत्थरीको अप्रशेनका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अपरेशन गरेर बायाँ मृगौला नै झिकिदिएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.