Agni Offset Press

श्रमिक आपूर्तिकर्तासँग विद्यमान कानुन सम्बन्धी अन्तरक्रिया

Aarati simant

धनगढी, २७ भदौं : श्रम तथा रोजगार कार्यालय धनगढीले बुधबार श्रमिक आपूर्तिकर्तासँग विद्यमान कानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
विभिन्न सरोकारवाला श्रमिक आपूर्तिकर्ताको सहभागितामा भएको सो अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख जनकसिं उखेडाले सरकारले श्रमका सम्पूर्ण कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउन अनलाइन प्रविधिमार्फत सबै सूचना प्रणालीलाई व्यवस्थित गर्दै लैजाने नीति लिएको बताए ।
सो नीति अनुसार सबै श्रमिक आपूर्तिकर्ताले अनलाइन प्रविधिसँग जोडिन जरुरी रहेको उनले बताए । उनले श्रम ऐन तथा कानुनको कार्यान्वनमा प्रभावकारिता ल्याउन एकीकृत श्रम सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेको बताए ।
श्रम आपूर्तिकर्ताले विद्यमान कानुन अनुसार राज्यको नीतिलाई अंगिकार गर्दै जाने हो भने श्रमिकका समस्याहरु हल हुँदै जाने विश्वास सहभागीले व्यक्त गरेका थिए ।
कार्यक्रममा जिफण्टका प्रदेश संयोजक जीतबहादुर मल्लले सबै श्रमिक संगठनले श्रमिकका हकहित हुने काममा लाग्नु पर्ने सुझाव दिएका थिए । उनले अझैंपनि श्रमिकले सम्झौता अनुसार पारिश्रमिक नपाएको गुनासो आउने गरेकोले संयुक्त अनुगमन गरी समस्या समाधान गरिनुपर्ने बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.