Agni Offset Press

स्वस्तिक कार्डियो अस्पताललाई धनगढी उपमहानगरपालिकाले दियो सञ्चालन अनुमति

Aarati simant

अत्तरिया : कैलालीको धनगढीमा अनुमति बिनै सञ्चालित भएको भन्दै कैलाली जिल्ला प्रशासनले बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छ ।

धनगढी उपमहानगरपालिकाले बुधबार अस्पताल सञ्चालनको अनुमति प्रदान गरेको हो। मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ सैय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य संस्था दार्ता, नविकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षका लागि सञ्चालन गर्न इजाजत दिइएको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठको हष्ताक्षरित पत्रमा उल्लेख छ ।

अस्पतालले बहिरंग, आकस्मिक, अन्तरंग, निदानात्मक, सामान्य शल्यक्रिय, फार्मेसी र प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवाहरु सञ्चालन गर्न पाउने गरि उपमहानगरपालिकाले अनुमति दिएको अस्पतालले जनाएको छ । १५ शैयाका अस्पतालले आधारभुत स्वास्थ्य सेवालाई अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने, अस्पतालबाट निस्कने फोहोर पृथकीकरण तथा व्यवस्थापनको लागि रातो, निलो, हरियो रंगको बाल्टीको प्रयोग गरी प्रोसिडर पश्चात प्रयोग भएका सामानलाई अटोक्लेभ गरी निसंक्रमित गरेर मात्रै विसर्जन गर्नुपर्ने, चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा बाहेक अन्य विशेषज्ञ सेवा दिनु परेमा ५० शैयामा स्तरोन्नति गर्नुपर्ने लगायतका सुझाव सो अनुमति पत्रमा उल्लेख छ ।

त्यस्तै स्वस्तिक अस्पतालसँगै धनगढी स्थित राष्ट्र बैंक नजिक रहेको संजिवनी अस्पताललाई पनि अनुमति बिना नचलाउन निर्देशन दिइएको थियो। उपमहानगरले बुधबार स्वस्तिकलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेको हो। संजिवनीको हकमा भने कुनै निर्णय भएको छैन।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.