Agni Offset Press

सुदूरपश्चिमका संस्कृतीविद् तथा सनातन अभियन्ता पन्तको निधन

Aarati simant

अत्तरिया : सुदूरपश्चिमका संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन भएको छ । डडेल्धुराको डुगरी गाउँ पुर्ख्यौली घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्दै आएका पन्तको शुक्रबार १०२ वर्षको उमेरमा निधन भएको हो ।

जनैपूर्णिमाको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । सनातन धर्म र संस्कृती, संस्कार र पूर्वीय दर्शनका ज्ञाता पन्तले जनैपूर्णिमाको दिन अन्नमात्रै त्यागेकोमा त्यसपछि जलसमेत त्यागेका थिए । पन्तले आजसम्म अन्नदेखि जलसम्म केही ग्रहण नगरी शास्त्रीय अवसानको लागि संघर्ष गरिरहेका थिए । आज पन्तको सो संघर्ष समाप्त अर्थात निधन भएको उनका पुत्र डिआर पन्तले बताए । पन्तले देहत्यागका लागि एक हप्ताबढी समयदेखी अन्न (खाना÷पानी)छोडेका थिए । अस्तिसम्म माला जप गरिरहेका पन्तले हिजोबाट माला जप्न पनि छाडेका हुन ।
पन्तसपरिवार हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा बस्दै आएका छन् । देशभर ज्ञानको ज्योति फैलाउन वि.स. १९९७ मा शिक्षक बनेर हिंडेका पन्तले देशका विभिन्न सयौं भाषा पाठशालामा अध्यापन गराएका थिए । अध्यापनसँगै पन्तले आफैंले पाठशाला स्थापनासमेत गरेका थिए । सनातन धर्मको प्रवद्र्धन तथा प्रवचन, २०० भन्दा बढी पुराण वाचन, ज्योतिषीतर्फ, पूर्वीय दर्शन गीता, महाभारत वेद रामायणको व्याख्या र प्रवचन गरिसकेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.