
धनगढी : धनगढीको ईङलिस डिलाइट बोर्डिङ हाइ स्कुल ले बाल दिवस मनाएको छ । बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी भन्ने मुल नाराकासाथ शुक्रबार ५९ औ बाल दिवस विविध कार्यक्रम गरी बाल दिवस मनाएको हो ।
धनगढी कान्तिपुरटोलमा रहेको डिलाइट स्कुलले दृष्टि फाउन्डेसन कैलाली गाउलाईमा रहेका अनाथ बालबालिकाहरुलाई ८ हजार बराबरको खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।
यस्तैगरी विद्यालयमा साना बालबालिकालाई केक काटि खुवाइयो भने अर्को कार्यक्रम नृत्य प्रतियोगिता गरेर सम्पन्न गरिएको हो । त्यस्तै गरि वाल अधिकार शिर्षकमा भाषण कार्यक्रम गरिएको छ अभिभावक तथा महिला शिक्षिकाहरुका लागि दर कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा देउडा गायक लाल बहादुर बोगटिले देउडा गित गाएर सबैलाई नचाएका थिए । प्रदर्शन कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
