
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ८ जनुमानगरमा अवस्थित सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ५९ औं राष्ट्रिय बाल दिवस तथा तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार संस्थाले आफ्ना सदस्यहरू, विभिन्न संघ संस्थाका पदाधिकारी, प्रतिनिधिहरूलाई सहभागी गराई आउँदै गरेको हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान गरी कार्यक्रम मनाएको हो ।
नेपाल बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते मनाउँदै आएको छ । सोही कार्यक्रममा सहकारी संस्थाले संस्थामा आबद्ध गरीब, विपन्न वर्गका सदस्यहरूका २० जना बालबालिकाहरुलाई पढाईका लागि आवश्यक पर्ने झोला, कपी, कलम लगायतका सामग्रीहरू उपलब्ध गरेको हो ।
साथै सो अवसरमा संस्थाकी अध्यक्ष भावना खड्काले आफ्नो व्यक्तिगत तर्फबाट पनि थप ३ जना संस्थामा आबद्ध गरीब, विपन्न वर्गका सदस्यहरूका बालबालिकाहरुलाई उक्त पढाईका सामग्रीहरू वितरण गरेकी थिईन् । संंस्थाकी अध्यक्ष भावना खड्काको सभाध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य तुलसी देवकोटा रहेका थिइन । यस्तै विशिष्ठ अतिथि वडा ८ का सदस्य हरीराम चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि तुलसी देवकोटाल आउँदै गरेको नेपाली महिलाहरू महान् चाड हरितालिका तिजको शुभकामन व्यक्त गर्दै उनले भनिन्, ‘हामी नेपालीहरूले हाम्रो रीतिरिवाज, संस्कृति, भेषभुषाको जगेर्ना एबं विभिन्न जातजातिहरुलाई सम्मान गर्दै लैजानुपर्दछ ।’
उनले सहकारी संस्थाले स्थापना कालदेखि नै विभिन्न अवसर पारी महिला सदस्यहरू तथा गरीब विपन्न वर्गका सदस्यहरूका वाल बालिकाको हकहीतको लागि सधैं सेवा प्रदान गरिरहेको संस्थाको कार्यप्रति खुसी व्यक्त गरिन । उनले आगामी दिनहरूमा आफ्नो तथा प्रदेशको तर्फबाट सहकारी संस्थाको लागि गर्नुपर्ने कार्यहरूमा सदैब सहकारी संस्थाहरुको साथमा रहने भनेर प्रतिबद्दता समेत व्यक्त गरिन ।
साथै कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य देवकोटालाई संस्थाको तर्फबाट महिलाहरुको हकहितको लागि तथा सामाजिक अभियन्ताका रुपमा निरन्तर कार्य गर्दै आइरहनु भएकोमा सम्मान मायाको चिनो प्रदान गरिएको थियो । सस्थाकी सचिव मञ्जु चौधरीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा कार्यक्रम सञ्चालन संस्थाकी प्रबन्धक गौरी चौधरीले गरेकी थिइन् । साथै कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
