Agni Offset Press

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

Aarati simant

काठमाण्डौँ : पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ। नेपाल आयल निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।

पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको निगमले बताएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी०) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको छ।  निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

सो अनुसार काठमाडौं, पोखरा र दिपालयलाई तस्रो वर्गमा विभाजन गरिएको छ। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ हुने निगमले जनाएको छ। त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ८० रुपैयाँ र दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ ५० पैसा कायम भएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.