
अत्तरिया, ३० भदौ : गोदावरी नगरपालिका अत्तरियामा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (एन–फेकोफन) ले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । शनिबार अत्तरिया उद्योग वाणिज्य संघको प्राङ्गणमा तिज विशेष कार्यक्रम गरिएको हो ।
एन–फेकोफनका अध्यक्ष दानबहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा प्रमुख अथिति रहेकी थिइन् ।
कार्यक्रममा सहभागि महिलाहरुले दर खाएर तिजका गितमा नृत्य गर्दै देउडा गाएर रमाइलो गरेका थिए । तिजका परम्परागत संस्कृति जोगाउन र वन संरक्षणमा जागरुक गराउन जित विशेष कार्यक्रम आयोजना गरिएको एन–फेकोफनका महासचिव डण्डी राज सुवेदीले बताए । उनले तडकभडक नहुने गरी तिज कार्यक्रम आयोजना गरिएको बताए । तिज विशेष कार्यक्रमको संचालन एन–फेकोफन कैलालीकी सचिव लक्ष्मी भण्डारीले गरेकी थिइन ।
