Agni Offset Press

सुदूरपश्चिममा नाउपा संसदीय दलका नेताले प्रयोग गरिरहेको गाडी फिर्ता गरे

Aarati simant

अत्तरिया : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले ऐन विपरीत प्रयोग गरिरहेको गाडी फिर्ता गरेका छन् । प्रदेशसभाको सार्वजनिक लेखा समितिको निर्देशनपछि चौधरीले शनिबार प्रदेशसभा सचिवालयलाई गाडी फिर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले चौधरीले गाडी सचिवालयलाई फिर्ता गरेको पुष्टि गरेका छन् । चौधरीले सभामुुख भीमबहादुर भण्डारीलाई आफूले प्रयोग गर्दै आएको गाडीको चाबी फिर्ता गरेका हुन् । चौधरीले गाडी फिर्ता गरेपनि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एकीकृत समाजवादी) पार्टीका दीर्घबहादुर सोडारीले भने फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

लेखा समितिले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सेवासुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ विपरीत सत्तारुढ दलका नेताले गाडी प्रयोग गरिरहेको भन्दै फिर्ता गर्न निर्देशन दिएको थियो । ऐनको दफा ६ उपदफा १ को मा दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेको भएपनि ऐनमा अनुसूची १ मा भने उक्त व्यवस्था नराखिएपछि समितिले प्रश्न उठाएको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले ऐन संशोधन गरेर दलका नेतालाई गाडी सुविधा दिने गरी छलफल अघि बढाएका बेला नाउपाका दलका नेताले गाडी फिर्ता गरेपछि सरकारमाथि पछाडी हट्नुपर्ने दबाब परेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.